गृहपृष्ठ Featured नेपाली फुटसल टोलीमाथि डर्डोइ एफसीको पुनरागमन जित

नेपाली फुटसल टोलीमाथि डर्डोइ एफसीको पुनरागमन जित

नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३-१ गोलअन्तरले पराजित भएको हो।

खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा डर्डोइले दुई गोल थप्यो। दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको अन्तिम समयमा सुलिमानुभ ऐदरले गरे। कीर्गिस्तानको पुरानो मध्येको क्लब डर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो।

नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले आजको खेल उपलब्धि मुलक भएको भन्दै नतिजा सुधार्न यसले सहयोग पुर्‍याउने बताए।

सम्बन्धित् समाचार