वैखरी अनलाईन : राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बुद्धभूमि नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै गोरुसिङ्गेमा सम्पन्न भएको हो ।
उक्त बैठकले १० वटै वडाबाट प्रतिनिधित्व रहेको लिलाखर अधिकारीको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको सदस्य सचिवमा बेल बहादुर कुँवर रहनुभएको छ । यस्तै बैठकले चेत नारायण खनाल सदस्य सचिव रहने गरि श्याम भूसालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । बैठकले लोमाकान्त बेल्बासे लगायत ५ जना सदस्य रहेको टोपलाल भुसाल संयोजक रहने गरि अनुगमन समिति गठन गरेको छ ।

उक्त बैठकले यहि बैशाखको पहिलो हप्तासम्म १० वटा वडामा पार्टीको कार्यलय खोल्ने निर्णय समेत छ । यसैबीच आज गोरुसिङ्गेमा केन्दिय सदस्य ध्रुब रायमाझि र जिल्ला अध्यक्ष नारायण बहादुर सिङ्ले पार्टीको चुनाव प्रचार सम्पर्क कार्यालयको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझिले राप्रपाको एजेन्डा र नेतृत्व प्रति आम मानिसको आकर्षण बढ्दै गएको बताउँदै युवाहरु नै आफै खोजि खोजि पार्टि प्रबेश गरेको बताउनुभयो । केन्द्रिय सदस्य रायमाझिले अब अन्य पार्टीको बिकल्प राप्रपा मात्र रहेको दाबी गर्नूभयो ।

उहाँले राप्रपाका बिचार जनताको घरदैलोसम्म पुग्ने हो भने पार्टिको जितलाई कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो । केन्द्रिय सदस्य रायमाझिले आजदेखि नै पार्टीको कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन समेत दिनुभएको छ ।
सोही बैठकमा बूद्धभूमि ६ मौवा निवासी नेपाली कांग्रेसका क्रियाशिल सदस्य मिस्रेलाल भर, जगमान भर लागयतले पार्टिको सदस्यता लिई राप्रपामा आवद्ध हुनुभएको छ । राप्रपाका नगर अध्यक्ष लिलाधर अधिकारीको अध्यक्षता सम्पन्न बैठकको संचालन चेत नारायण खनाल गर्नु भएको थियो ।








