बर्दिया : गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी बिहीबार एमालेमा प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गुलरियामा आयोजित आमसभामा टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
गिरी कांग्रेसकी महिला संघकी पूर्वसभापति र गुलरिया नगरपालिकाबाट निर्वाचित उपप्रमुख हुन् । यसैगरी कांग्रेसबाट गुलरिया( ६ बाट निर्वाचित वडाध्यक्ष निरज शर्मा पनि एमालेमा प्रवेश गरेका छन् ।
एमालेनिकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्न आएका अध्यक्ष ओलीले उपमेयर र वडाअध्यक्ष पार्टी प्रवेश नभई पुरानै घर फर्केको बताए ।
यसैगरी समाजवादी, माओवादीलगायत पार्टीबाट करिब २ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।








