गृहपृष्ठ Featured ३ सिट ल्याएर देखाउन माधव नेपाललाई ओलीको चुनौति

३ सिट ल्याएर देखाउन माधव नेपाललाई ओलीको चुनौति

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौति दिएका छन्।

अध्यक्ष ओलीले पार्टी एकीकरणका बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले २३ सिट पाउने हुती नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौति दिए।

‘५४ सिट दिइयो प्रचण्डलाई तर भष्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे। ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होईन। माधव नेपाल २२/२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सिट ल्याएर देखाउन त ? उनले भने, ‘यो हिजोको चुनावको परिणाम हो, आजको होइन।’

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए। उनले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको आरोप पनि लगाए।

सम्बन्धित् समाचार