गृहपृष्ठ Featured शितंगंगा १३ का अध्यक्ष बिसिको कर्तुत ः आफनालाई भत्ता खुलाउन बार्गेनिङ (प्रमाणसहित)

शितंगंगा १३ का अध्यक्ष बिसिको कर्तुत ः आफनालाई भत्ता खुलाउन बार्गेनिङ (प्रमाणसहित)

अशोक पौडेल
अर्घाखाची जिल्लाको शितंगगा नगरपालिका वडा नः १३ का वडा अध्यक्ष दुर्गा बिसिले आफना नजिकका मान्छेलाई भत्ता खुलाउन बिभिन्न जालसाझी गरेको पाइएको छ ।
वडाध्यक्ष बिसिले पदको दुरुपयोग गर्दै आफना बुवा केश बहादुर भाट क्षेत्रीलाई नियम बिपरित बृद्ध भत्ता खुलाएका छन । त्यस्तै वडा अध्यक्ष बिसिले तत्कालिन कर्मचारीलाई रु ५ हजार दिएर फकाउदै आफना सहोदर मामा पर्ने बिष्णु भाट क्षेत्रीलाई छोरासगं मात्र ६ बर्षको उमेर अन्तर राखेर बृद्ध भत्ता खुवाएका छन ।

यसरी उनले करिव वडा नः १३ भित्रका ३२ परिवारका सदस्यहरुको बार्षिक ६ देखि १० हजारसम्मको बार्गेनिङ गरेर सिफरिस गर्ने गरेको पाइएको छ । उनले नेकपा एमाले निकट एक शिक्षकको परिवारवालाई दोहोरो भत्ता खुलाएका छन ।

वडामा आफना निकटका लाई भत्ताा खुलाउन उनले आफै सिफारिस गरेका छन भने बाहिर हल्ला गरे पार्टीबाट कारबाही गराउने समेत गराउने चेतावनी बिसिले दिने गरेको एक जनाले बताए ।
उनी आशन्न वडा नः १३ को वडाध्यक्षका दावेदार रहेको भएतापनि नेकपा एमालेले उनको ठाउमा फरक उमेद्धवारको खोजी गरी रहेको छ ।
प्रमाणहरु

सम्बन्धित् समाचार