गृहपृष्ठ Featured सन्धिखर्कका व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

सन्धिखर्कका व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

अर्घाखाँची : कृषकहरुलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामाग्री तथा औजार वितरण गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

तरकारी पकेट कार्यक्रम अन्तर्गत सन्धिखर्क १० का व्यावसायिक कृषकलाई मिनि टिलर, प्लास्टिक टनेल, पावर स्प्रे, हजारी लगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

व्यावसायिक कृषकलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले कृषि सामाग्री हस्तान्तरण गर्नुभएको हो । सामाग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो ।

व्यावसायिक रुपमा खेती किसानी गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने नगर प्रमुख भुसालले बताउनुभयो ।

सम्बन्धित् समाचार