गृहपृष्ठ Featured नेविसंघ, तरुण दल र कांग्रेस कपिलवस्तुद्धारा विपन्न परिवारलाई क्रिया खर्च

नेविसंघ, तरुण दल र कांग्रेस कपिलवस्तुद्धारा विपन्न परिवारलाई क्रिया खर्च

सागर वि.क. (वैखरी अनलाईन) : नेविसंघ, तरुण दल र नेपाली कांग्रेस कपिलवस्तुले एक गरिब विपन्न परिवारलाई क्रिया खर्च रकम उपलब्ध गराएको छ । बाणगङ्गा–६ बैदौली निवासी उक्त परिवारलाई १३ औं दिनको दिन आज बुधबार १६ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । किरिया खर्च समेत नभएको खबर पाएपछि आफुहरुले सहयोग जुटाई सानो सहयोग गरेको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो । जग्गा जमिन समेत नभएका उनीहरुको पिडा आफुहरुले महसुस गर्ने कोसिस गर्दै सहयोगी भावना उत्पन्न भएको उहाँले बताउनुभयो । खुमकला चौधरीले यही चैत्र १७ गते झुन्डिएर आत्महत्या गरेकी थिईन् । उनका श्रीमान दिपकुमार चौधरी बिदेशमा करिब १० बर्ष अघि मृत्यु भएको थियो । उनका दुई छोराछोरी छन् ।

१६ बर्षीय कक्षा १० मा अध्ययनरत छोरी बिपना चौधरी र अध्ययन छोडेर बसेका १३ बर्षीय छोरा आशिस चौधरी अहिले आफ्ना हजुरबुवा सङ्ग बसोबास गर्दै आएका छन् । अभिभावक बिहिन भएका उनीहरुको घाउमा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्ति सिंह ठकुरीले बताउनुभयो ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दुनिका भुसाल, करुण टण्डन, नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानु कार्की, नेविसंघका बाणगङ्गा वडा नं.५ र ६ का सभापति अनिल भण्डारी र अनिल पाण्डे, नेपाली कांग्रेसका नेता रामवली चौधरी रामकिशुन थारु, तरुण दलका हरि थारु नेपाली कांग्रेसका नेता गुरु थारु रमेश थारु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार