गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमालेलाई उम्मेदवार छान्न सकस

कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमालेलाई उम्मेदवार छान्न सकस

कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमाललेलाई उम्मेदवार छनौट नर्ग सकस परेको छ । आकाक्षी धेरै हुदा दलहरुलाई उम्मेदवार छान्न सकस परेको हो । चुनाव आउन २७ दिन मात्र बाकी रहदा अझै सम्म कांग्रेस र एमालले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । गाउ देखि शहर सम्म चुनावी चर्चा बढेको छ । तर उम्मेदवारको टुंगा नलाग्दा अन्यौल बढेको छ । मनोनयन पत्र दर्ता गर्ने दिन नजिकिएको छ तर अझै प्रमुख दलले नै उम्मेदवार छनौट गर्न सकेको छैन । मेयर उप मेयर र वडाअध्यक्षमा आकांक्षी धेरै हुदा कांग्रेस र एमालेलाई उम्मेदवार छननौटमा सकस परेको छ । यसैक्रममा नेपाल कै पुरानो नगरपालिका मध्ये एक कपिलवस्तु नगरपालिकामा समेत अझै सम्म कांग्रेस र एमालेले उम्मेदवारको टुंगो लागाएको छैन ।

कपिलवस्तु नगरपालिकामा कांग्रेसबाट मेयर उप मेयरमा धेरै आकांक्षी रहेको पार्टीका नगर कार्य समितिका अध्यक्ष खुर्सेद अहमद खाले बताए । उनले मेयर र उपमेयर वडाध्यक्षर र वडा सदस्यहरुमा समेत धेरै अकांक्षी रहेको बताए । कांग्रेसबाट मेयरमा ८ र उम मेयरमा ९ जनाले आकांक्षी छन ।

कपिलवस्तु नगरपालिकाको मेयरमा बर्तमान मेयर किरण सिंह, वर्तमान उपमेयर लक्ष्मी गुप्ता, राजुप्रासद अर्याल, ललति गुरुङ मोहन शर्मा, रबिन्द्रनाथ ठाकुर र शोहरत तेलीर खुर्सेद अहमद खाले नगर कार्य समितिमा मेयरकालागि आफनो नाम दर्ता गराएका छन । यस्तै उप मेयरमा राजेश ज्ञवाली, प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, निरमला पराजुली, बसन्त कुमारी सिंह प्रशान्त कार्की, गयादीन कुर्माी, निर्मलादेबी कसौधनले नाम दर्ता गराएका छन । नगर अध्यक्ष खाले मेयर उप मेयर, वडाध्यक्ष र सदस्यहरुको आएको नामलाई सोमवार बैठक बसेर छलफल गरिने बताए । बैठकले गरेको निर्णय आधारमा आएको नामावलीलाई जिल्ला र प्रदेश कार्य समितिमा पठाउने उनले बताए । मेयरको टिकटकलागि कांग्रेसमा तीब्ररुमपा लबिङ सुरु भएको छ ।

नगर अध्यक्ष खाले आफुहरुले जित्ने उम्मेदवारलाई टिकट दिनु पर्ने भन्दै सुझाव संकलन गरेको बताए । उनले सांसद बुजेश कुमार गुप्ता र उनका सबै समर्थकहरु एमालेमा प्रबेश गरे पछि कांग्रेस र एमाले बिच झन प्रतिस्पर्धा बढेका उनले बताए । ‘ हामीले जित्ने उम्मेदवारलाई नै टिकट दिनु पर्छ भन्ने माग गरेका छौ ’ उनले भने ।

उता १२ वटै वडा समितिका अध्यक्षले भने गठबन्धनका पक्षमा नहरको खाले बताए । तर कांग्रेस नेता सुधाकर पाण्डेय भने वर्तमान अवस्थामा केन्द्रिय निर्णय अनुसार ५ दल बिच गठबन्धन ह्ुनु पर्नेमा जोड दिए । कांग्रेस सभापति अब्दुल कलामले जिल्लाका १० वटै पालिका र ९६ वटै वडाबाट आकांक्षी उम्मेदवारका आउने नामहरुका बिषयमा छलफल गरी टुंगो लगाउने बताए । ‘ सके सम्म हामीले उम्मेदवारहरुको नाम छनौट गर्छौ नसके प्रदेशमा नामावली पठाउछौ’ उनले भने । २०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर, उप मेयर र ६ वटा वडाध्यक्ष जितेको थियो । मेयर किरण सिंहले गत निर्वाचनमा ९ हजार २५४ मत ल्याई बिजयी भएका थिए ।

यस्तै कपिलवस्तु नगरपालिकाका लागी एमालेबाट मेयरमा लडन ८ जना र ५ जना उप मेयरमा नाम दर्ता भएको पार्टी नगर अध्यक्ष श्याम प्रकाश प्रजापतति बताए । राजेश कुमार गुप्ता, बासुदेश कसौधन, स्ुदीप पौडेल, आजाद अहमद दर्जी, शान्ति देबी हरिजन, बावुराम खनाल, श्याम प्रकाश प्रजापति मेयरमा नाम दर्ता गराएका हुन । यस्तै उप मेयरमा सरिता आचार्य, पार्वती पाण्डेय, ताहिरा खातुन, रुकैया खातुन, गीता पोख्रेल, तुलसा पाण्डेय गैर र सुनीता गुप्ता नाम दर्ता भएको छ । पार्टी प्रबेश गनूृ पुर्व एमाले केन्द्रिय कमिटीसंग भएको सहमिति अनुसार सांसद बुजेश कुमार गुप्ताले मेयरमा राजेश गुप्ता, बासुदेव कसौधन र सुदीप पौडल र उप मेयरमा तुल्सा पाण्डेय गैरे र सुनीता गुप्तो नाम दर्ता गराएको एमाले पार्टी श्रोतले जनाएको छ । सांसद गूप्ताको कोटामा कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिका परेकोले उनले सिफारिस गरेका उम्मेदवारले नै टिकट पाउने बताइएको छ । कपिलवस्तु नगरपालिका मेयरमा सांसद गुप्ताको सिफारिसमा काकाका छोरा डाक्टर राजेश कुमार गुप्ताले टिकट पाउने निश्तित प्रायः रहेको श्रोतको भनाई छ । बुटवलको आम्दा अस्पतालमा एनेसथेसियाका डाक्टर राजेश गुप्ताले २ महिना अघि नै राजीनामा दिएर चुनावमा होमिएका छन । कपिलवस्तु नगरपालिकाका पुर्व मेयर रामदास गुप्ताका कान्छा छोरा रहेको राजेशले आफुलाई टिकट पाउने बारे अझै सम्म कसैले जानकारी नगराएको बताए । उनले पार्टील टिकट दिए आफु मेयरको चु्नाव लडन तयार रहेको बताए । २ साता अघि उनी आफना दाजु सांसद बुजेश गुप्ता बुवा रामदास गुप्तासंगै तौहिलवामा राखिएको आम सभामा एमाले अध्यक्ष ओलीले टीका लगाई एमालेमा पार्टी प्रबेश गराएका थिए ।

 

सम्बन्धित् समाचार