गृहपृष्ठ Featured प्रचण्ड, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

प्रचण्ड, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी ९जसापा०का अध्यक्षद्वय डा। बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। प्रचण्डसँग जसपा संघीय परिषद् अध्यक्ष डा। भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादवले आइतबार भेटवार्ता गरेका हुन्।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो। नेताहरूले बिहान ११ः४५ देखि १२ः२० सम्म छलफल गरेका थिए। छलफलपछि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै यादवले सामान्य गफगाफ मात्रै भएको बताए।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने निर्णय गरे पनि कतिपय स्थानीय तहमा गठबन्धनका लागि सहमति बन्न सकेको छैन।

गठबन्धनका सम्बन्धमा विभिन्न अड्कलबाजीहरु भइरहेका वेला माओवादी केन्द्र र जसपाका नेताहरूबीच छलफल भएको हो।

सम्बन्धित् समाचार