गृहपृष्ठ Featured कपिलवस्तुमा इजाजत प्राप्त हातहतियार अधिकांशले बुझाए

कपिलवस्तुमा इजाजत प्राप्त हातहतियार अधिकांशले बुझाए

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुमा इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि अधिकांशले बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो । जिल्ला भरिमा १११ थान इजाजत प्राप्त हतियार रहेका र आज आइतबार (४ वैशाख)सम्म १०५ थान हतियार बुझाएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अब ६ वटा हातहतियार बुझाउन बाँकी रहेको र उनीहरु कोही काठमाडौ कोही भारत बस्ने भएकाले केही समय लागेकोे प्रहरीले जानकारी दिएको छ । उनीहरु नियमित सम्पर्कमा रहेको र जिल्ला आउने वित्तिकै हातहतियार बुझाउने प्रहरीको भनाई छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले इजाजत प्राप्त हातहतियार नबुझाएकालाई गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको थियो ।

जिल्ला प्रशासन कार्यायलले गत १३ चैतमा जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

सम्बन्धित् समाचार