वैखरी अनलाईन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कपिलवस्तुमा पार्टी प्रवेश कार्यक्रमलाई तीब्रता दिएको छ । सोही क्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधि तथा लोकप्रिय युवा नेता नेपाली कांग्रेसका सुर्य गुरुङ र वडा नम्बर ४ का वौद्धिक व्यक्तित्व एमालेका युवा नेता भिम शाही राप्रपामा प्रवेश गरेका छन् । एक कार्यक्रमबीच लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उद्यले पार्टिको सदस्यता र खाता लगाई स्वागत गर्नु भएको हो ।

पार्टी सदस्यता लिईपछि शाहि र गुरुङ्ले आफु राप्रपाको यो अभियानमा जोडिन पाउँदा निकै खुशि र आनन्द महसुस भएको बताउँदै अहिलेको राप्रपाको नेतृत्व र एजेन्डाले मात्र देशले निकास पाउने र बिकास हुने बताउनुभयो । यस्तै उनीहरुले देश बचाउने बनाउने र भ्रष्टाचार मुक्त देश बनाउने अभियानमा जोडिन अन्यलाई समेत आह्वान गरेका छन् ।

पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझिले शाही र गुरुङको प्रवेशले बाणगंगामा राप्रपा अब एक शक्तिको रुपमा उदाउने र नयाँ युवाहरु राप्रपा प्रबेशको लहर चल्ने दाबी गर्नुभयो । यसैबीच बाणगंगा नगरपालिका वडा ९ र ६ मा राप्रपाको चुनाव प्रसार प्रचार कार्यालय स्थापना गरिएको छ ।








