गृहपृष्ठ Featured सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। महानगरपालिका र उपमहानगरपालिका टुंगो लगाउन बैठक केहिबेर अघिदेखि सुरु भएको हो।

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन नेताहरु छलफलमा छन्। अहिलेसम्म पनि सिट बाँडफाँट टुंगोमा पुग्न सकेको छैन।

नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दाबी नछोडेपछि सहमति हुन सकेको छैन। उपमहानगरपालिकामा पनि दलहरुबीच आ-आफ्नै दाबीले भागवण्डा टुंगिन सकेको छैन।

सम्बन्धित् समाचार