वैखरी अनलाईन : नेपाली कांग्रेस बाणगंगाका नगर सचिव सुर्य प्रसाद बरालले नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको दाबेदारी फिर्ता लिनुभएको छ । केही दिनअघि नेपाली कांग्रेसको तर्फबाट दाबेदारी प्रस्तुत गर्नुभएका सचिव बरालले आज एक विज्ञप्तिमार्फत नगर प्रमुखको दाबेदारी फिर्ता लिनुभएको हो ।
‘आसन्न स्थानीय तहको चुनावमा पार्टी तथा संगठनका गतिविधिलाई चुस्तदुरुस्त र चुनावलाई पार्टीको पक्षमा पार्ने जिम्मेवारी वहन गर्नुपर्ने, पार्टीका अग्रजहरु चुनावी प्रतिस्पर्धामा रहनुहुने अवस्था मनन गर्दै आगामी निर्वाचनमा उम्मेद्वारीको रुपमा दाबेदारी हुने गरि यस निर्वाचनमा म उम्मेद्वारी नरहने गरि आफ्नो दाबेदारी फिर्ता लिएको जानकारी गराउँदछु । ’ विज्ञप्तिमा भनिएको छ ।
उहाँले वर्तमान र भविष्यमा नेपाली कांग्रेसको सच्चा सिपाही र लगनशिल रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।








