गृहपृष्ठ Featured कांग्रेस चितवनका असन्तुष्ट नेता कार्यकर्ताको भेला हुँदै

कांग्रेस चितवनका असन्तुष्ट नेता कार्यकर्ताको भेला हुँदै

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई सर्मथन गर्ने निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसका नेता कार्यकर्ताले भेला गर्ने भएका छन् ।

नारायणगढको कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो २ बजेका लागि भेला आह्वान गरिएको कांग्रेसका एक नेताले बताए । भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर अब कसरी अगाडि बढ्ने भनेर योजना बनाइने बताइएको छ ।

भेलामा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला समेतलाई बोलाइएको छ । गुरुङ र कोइराला दुबै कांग्रेसले महानगरको मेयर पाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका नेता हुन् ।

सम्बन्धित् समाचार