कपिलवस्तु : नेकपा माओबादी केन्द्र कपिलवस्तु नगर समितिले आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी प्रतिबद्धताहरु सार्बजनिक गरेको छ । कपिलवस्तु नगरपालिका– २ जमुहारटोल स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य जीत बहादुर चौधरी, प्रदेश सदस्य बिष्णु बेल्बासे, नगर अध्यक्ष तथा मेयरका उम्मेदवार शत्रुघन बिलास चौधरी, नेता मिलन उपाध्यायले सो प्रतिबद्धताहरु सार्बजनिक गरेका हुन । २३ बुदे प्रतिबद्धताहरुमा कपिलवस्तचु नगरपालिकालाई स्मार्ट सिटी बनाउने, प्रत्येक वडामा दममल एम्बुलेन्स र पत्रकारहरुलाई ५ लाख सम्मको दुर्घटना बिमा र न्युनतम पारिश्रमिक दिने उल्लेख गरिएका छन ।
यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, कन्या कलेजको स्थापना, सकुम्बासीलाई लालपुर्जा बितारण गर्ने कपिलवस्तु नगर भित्र रहेको संपदाको संरक्षण गर्न कपिलवस्तु विकास समिति गठन, कपिलवस्तु क्याम्पसलाई त्रिबिबिको आंगिक क्याम्पस बनाउन पहल, बेटी पढावे शिक्षित बनावै कार्यक्रम संचालन गरिने छ । घर निर्माणकालागि बडाबाटै निःशुल्क नक्सा पास, बाल उद्यान र राष्ट्रिय स्तरको खेल मैदान, न्युन आय भएका सुत्कोरीलाई ५ हजार भत्ता, बिपन्न बर्गहरुलाई जनता आवास कार्यक्रम लागतयका रहेका छन । सो अवसरमा बैकल्पिक केन्द्रिय सदस्य चौधरीले देशमा गणतन्त्र र संबिधान निर्माणकालागि मुख्य योगदान दिने माओबादी केन्द्र रहेको दाबी गरे ।
उनले देश विकासमा सबै भन्दा बढी योगदान दिने पार्टी रहेकोले माओबादी केन्द्रmलाई जिताउनु पर्ने बताए । सो अवसरमा प्रदेश सदस्य बेल्बासेले देश कै पुरानो कपिलवस्तु नगरपालिका अझै सम्म धेरै पीछडिएको बताए । उनले धेरै बर्ष सम्म यहा मेयर र उप मेयर बने तर यसको विकास भने हुने नसकेको उनले बताए । ‘ अब कपिलवस्तु नगरपालिकाको समग्र विकासकालागि माओबादी केन्द्रलाई अवसर दिनु पर्छ ’ उनले भने ।
सो अवसरमा नगर अध्यक्ष तथा मेयरका प्रत्यासी चौधरीले आफु बिगत २० दशक देखि राजनीतिमा होमिएको र यहका समस्या बारे अवगत रहेको बताए । उनले नगरपालिको समग्र विकासकालागि यस पटक माओबादी केन्द्रलाई जनताले जिताउने उनले दाबी गरे । उनले माओबादी केन्द्र तर्फै जनताको आकष्र्ण बढेको बताए ।








