गृहपृष्ठ Featured बाणगंगाको फोहोर अब दैनिक रुपमा उठ्ने !

बाणगंगाको फोहोर अब दैनिक रुपमा उठ्ने !

सागर वि.क. (वैखरी अनलाईन) : बाणगंगा नगरपालिका र फेरी ईन्भाईरोमेन्टल सर्विसेसबीच सम्झौता भएको छ । नगरपालिकाको फोहोर जन्य पदार्थ व्यवस्थापनको लागि उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी र फेरी ईन्भाईरोमेन्टल सर्विसेसका तर्फबाट कृष्ण गौतमले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार सहरी क्षेत्रमा दैनिक र ग्रामीण क्षेत्रमा हप्ताको एक पटक फोहर उठाउने सहमति भएको छ ।  जसअनुरुप उक्त सर्विसेसले मासिक सहरी क्षेत्रबाट एक सय रुपैयाँ र ग्रामीण क्षेत्रबाट ५० रुपैयाँ लिने छन् ।

नगरपालिकाले फोहोर व्यवस्थापन गर्न एउटा ट्याक्टर सवारी साधन उपलब्ध गराउने सहमति भएको नगरपालिका प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा सवारी साधन भने उक्त फेरी ईन्भाईरोमेन्टल सर्विसेससंग रहने छ । फोहोर व्यवस्थापनका लागी नगरपालिकाले अस्थायी जग्गा उपलब्ध गराउने सहमति समेत भएको उहाँले बताउनभयो ।

नगरपालिकासंग सम्झौता गरेको उक्त फेरी ईन्भाईरोमेन्टल सर्विसेसले नगरपालिकालाई बार्षिक ३६ हजार रुपैयाँ दिने सहमति भएको उहाँको भनाई छ ।

सम्बन्धित् समाचार