वैखरी अनलाइन
नेपाली कांग्रेसले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका – ८ को वडा अध्यक्षमा कपिलदेव तिवारीको नेतृत्वमा मनोनयन दर्ता गरिएको छ । लुम्बिनी प्रदेश सदस्य समेत रहेका तिवारीलाई वडा अध्यक्षको रुपमा उम्मेदवारी दर्ता गरिएको वडा समितिले जनाएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका रूपमा तिवारी निवार्चित भएका थिए । यस्तै सदस्यमा रामेश्वर प्रसाद थारु, सहज राम यादव, बिमला देवी कुर्मी, इन्द्रावती रैदासको नाम दर्ता गरेको छ । तिवारी वडाध्यक्ष भएपछि वडाको बिकासमा निरन्तर खटिनुका साथै रचनात्मक काम समेत गर्दै आएका छन । तिवारी बिगत ३ दशकबाट सक्रिय राजनिति र सामाजिक सेवामा रहेका छन ।








