गृहपृष्ठ Featured चट्याङसहित वर्षाको सम्भावना

चट्याङसहित वर्षाको सम्भावना

हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

 

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै शनिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित् समाचार