गृहपृष्ठ Featured जिम्बावे ‘ए’लाई नेपालले दियो १८२ रनको लक्ष्य

जिम्बावे ‘ए’लाई नेपालले दियो १८२ रनको लक्ष्य

प्रकाशित मिति:

काठमाडौं : तीन टी२० सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो।

नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रन बनाए। उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

यता, कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रन बनाए। यस्तै, रोहित पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए। मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले १३ बलमा १ चौका र २ छक्कासहित २८ रन बटुले।

अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन्। आशिफ शेखले ९ र आरिफ शेखले २ रन बनाए। जिम्बावेका लागि ल्यूक जोङ्गवे, ब्राडली इभान्स, ब्रेन्डन माभुता र जोन मसाराले १/१ विकेट लिए।

सम्बन्धित् समाचार