गृहपृष्ठ Featured पूर्व-एसएसपी थापा कांग्रेसको केन्द्रिय निर्वाचन सुरक्षा निकाय उपसमिति सदस्य मनोनयन

पूर्व-एसएसपी थापा कांग्रेसको केन्द्रिय निर्वाचन सुरक्षा निकाय उपसमिति सदस्य मनोनयन

प्रकाशित मिति:

राजु पाण्डे (कपिलवस्तु ) : पूर्व एसएसपी विक्रमसिंह थापा स्थानीय तह निर्वाचन अन्तर्गत काग्रेसको केन्द्रिय निर्वाचन सुरक्षा निकाय उपसमिति सदस्य मनोनयन भएका छन् । बैशाख ३ गते हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा संपन्न गर्न समितिलाई जिम्मेवारी दिईएकोछ । लोकतन्त्रबादीलाई बलियो बनाउन सुरक्षाका पक्षमा विभिन्न योजना र रणनीति बनाएर अघि बढन काम थालिसकेको उनले बताए । ०३५ सालमा नेबिसंघको राजनीति थालेका थापाले सेवा निबृत्तभएसंगै काग्रेसको राजनीति सुरु गरेका हुन् । प्रहरीमा राम्रो काम गरेर नाम कमाएका उनी काग्रेसको क्षेत्रीय प्रतिनिधि हुदै अहिले लुम्बिनी प्रदेश सदस्य भएका छन् ।

प्रदेशको कार्यसंपादन समितिमा पनि छन् । स्थानीय तह निर्वाचन केन्द्रिय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काले समिति अन्तर्गत काग्रेस केन्द्रिय सदस्य रामहरि खतिवडा संयोजक रहेको २४ सदस्सीय निर्वाचन सुरक्षा निकाय उपसमिति गठन गरेका हुन् ।

 

 

सम्बन्धित् समाचार