गृहपृष्ठ चुनाव/ अधिवेशन बागागंगा ५ मा भुसालले टिकट पाएपछि कार्यकर्तामा खुशी, को हुन दुनिका भुसाल ?

बागागंगा ५ मा भुसालले टिकट पाएपछि कार्यकर्तामा खुशी, को हुन दुनिका भुसाल ?

वैखरी अनलाइन
नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नः ५ले वडाध्यक्ष पदका लागी दुनिका भुसाललाई चुनावी मैदानमा उठाएको छ । बिगत ३ दशकदेखि सक्रिय नेपाली कांग्रेसको राजनिति र समाजसेवामा लागेका  भुसाललाई कांग्रेसले पाएपछि कार्यकर्ता   खुशी भएका छन । गत स्थानिय तहको चुनावमा कांग्रेस पराजय भएको वडामा यसपाली जित्ने माहोल बनेपछि कांग्रेसका कार्यकर्तामा खुशी छाएको हो ।

२०४७ सालबाट नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका भुसाल बुटवल बाणिज्य क्याम्पसमा स्वबियु पदको कोषाध्यक्ष समेत भएका थिए । उनी नेपाल बिद्यार्थी सघंको जिल्ला सचिव हुदै तरुण दलको जिल्ला सदस्य समे भइ सकेका छन ।

उनी ११ औँ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला सदस्य भइ सकेका छन भने १ २औँ, १३ औँ र र १४ औँ महाधिवेशमा महाधिवेश प्रतिनिधि समेत भई सकेका छन । उनी यस क्षेत्रका दर्जनौ सघं सस्थामा आबद्ध भई नेतृत्वदायी भुमीका निर्वाह गरेका छन ।

वडा नः ५ मा दुनिका भुसाललाई वडाध्यक्ष पदमा उठाएपछि अहिले आएर सो वडा कांग्रेसले जित्ने बिश्वास बढेको कांग्रेसीको भनाइ छ ।

सम्बन्धित् समाचार