गृहपृष्ठ Featured काम गर्नेकै बिरोध हुन्छ, अन्यथा लिन्न, जे गरेपनि जित काग्रेसकै हुन्छ ः श्रेष्ठ

काम गर्नेकै बिरोध हुन्छ, अन्यथा लिन्न, जे गरेपनि जित काग्रेसकै हुन्छ ः श्रेष्ठ

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले काम गर्नेकै बिरोध हुने गरेको बताएका छन । आफुलाई बदनाम गर्न एमालेले अस्वस्थ प्रतिस्पर्धा गर्न खाजेको बताउदै आफु भने लोकतन्त्र मान्ने भएकाले यसलाई आफुले अन्यथा नलिएको बताए ।

कपिलवस्तु क्षेत्र नः २ का क्षेत्रीय सभापति समेत रहेका श्रेष्ठले बुद्धभुमी नगरपालिकामा अहिले पनि नेपाली कांग्रेस फराकिलो मतअन्तरले बिजयी हुने वैखरी अनलाइनलाई बताए ।

साथै श्रेष्ठले क्षेत्र नः २ भित्रका सबै वडामा कांग्रेसको आधिकारिक उम्मेदवारलाई बिजयी बनाउन नेता तथा कार्यकर्तालाई चुनावी मैदानमा उत्रन आग्रह गरेका छन ।

बुद्धभुमी नगरपालिकामा वडा नं.१ टिक्करमा घर भएका श्रेष्ठ नेपाली कांग्रेका एक इमान्दर स्वच्छ छवि भएका सांगठनिक रुपमा वलिया सामाजिक बौद्धिक व्यक्तिको रुपमा परिचित विकास प्रेमी नेताको रुपमा कहलिएका श्रेष्ठले आफु नगर प्रमुख भएर पाँच वर्षको समय अवधीमा कपिलवस्तु जिल्ला मै बुद्धभुमी नगरपालिका उत्कृष्ट कार्य सम्पादनको हिसावमा नगरले धेरै कुरामा फड्को मार्न सफल भएको नगरपालीकाको नगर प्रमुखमा पुनह श्रेष्ठ नै उमेद्धवार रहेकोले स्थानीय नगरवासी हर्सित भएका छन् ।

 

सरल स्वभावका नेता श्रेष्ठ जनताको सेवामा दिन रात नभनी दुखीको घाउँमा मलम लगाउने दिन दुखीको अवस्था वुझेर आवश्यक सेवामा तल्लीन रहेका श्रेष्ठले नगरको विकास एंव समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।

नगर प्रमुख पदमा मनोनयन दर्ता गराएका श्रेष्ठले नगरको विकास र परिवर्तनको लागि नगरवासीहरुको माग र चाहना अनुसार आफ्नो उम्मेद्धवारी रहेकोले आफुले गत पाँच बर्षको समय अवधिमा शिक्षा, स्वास्थ्य र युवा रोजगारीको सुनिश्चित भौतिक पुर्वाधारका क्षेत्रमा गरेको आमुल परिवर्तनले नगरवासीको इच्छा र चाहाना वमोजिम नगर प्रमुख पदमा दोहोरीएको वताउदै आगामी दिनमा पनि नगर वासीको चाहाना मनोभावना अनुसारका काम गर्दै बुद्धभुमी नगरपालिका लाई देश कै नमुना नगरपालिकोको रुपमा पहिचाहन वनाउने किसिमाका काम गर्दै जाने बताए ।

सवैलाई मिलाएर लैजान सक्ने क्षमता भएका सवैका प्रिय एंव बैद्धिक नेता श्रेष्ठले नगरपालिकाका सम्पूर्ण अग्रज नेता कार्यकताको समेत अफुलाई पूर्ण साथ सहयोग रहेको हुँदा बुद्धभुमी नगरपालीकामा नेपाली कांग्रेसले गत निर्वाचनमा भन्दा तेव्वर मत परिणाम सहित विजयी सुनिश्चित रहेको समेत  दावी गरेका छन ।

 

सम्बन्धित् समाचार