गृहपृष्ठ Featured स्थानिय निर्वाचन लक्षित तरुण परिचालन समिति लुम्बिनि प्रदेशको संयोजकमा शक्ति

स्थानिय निर्वाचन लक्षित तरुण परिचालन समिति लुम्बिनि प्रदेशको संयोजकमा शक्ति

वैखरी अनलाइन
आशन्न यही बैशाख ३० गते हुने स्थानिय तहको चुनावलाई केन्द्रित गर्दै नेपाल तरुण दल केन्द्रिय कार्यालयले देशभरका प्रदेश संयोजक तथा सदस्यहरु चयन गरेको छ । स्थानिय तहको निर्वाचनमा तरुण परिचालन गर्ने उदेश्यले लुम्बिनि प्रदेशको संयोजकको जिम्मा कपिलवस्तुका युवा नेता खोम बहादुर सिंह (शक्ति) ठकुरीले पाएका छन ।

नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समिति कपिलवस्तुका सचिव समेत रहेका ठकुरी तरुण दल कपिलवस्तुका जिल्ला अध्यक्ष पनि हुन । ठकुरी कपिलवस्तु जिल्लासहित लुम्बिनि प्रदेशमै लोकप्रिय, प्रष्ट र निडर युवा नेताका रुपमा सुपरिचित छन ।

त्यस्तै कपिलवस्तुबाटै सुनिता बेल्बासे पनि सदस्यमा मनोनित भएकि छन । नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खडका केन्द्रिय संयोजक रहेकोमा ठकुरीले प्रदेश संयोजकको भुमिका पाउनु नेपाली कांग्रेस कपिलवस्तु र तरुण दल कपिलवस्तुका लागी ठुलो उप्लब्धीका रुपमा समेत लिइएको छ ।

 

सम्बन्धित् समाचार