गृहपृष्ठ Featured श्रेष्ठ घरदैलौमा, मतदाता भन्छन ः बिकासको नेतृत्वकर्ता तपाईनै हो, भोट पनि दिन्छौ

श्रेष्ठ घरदैलौमा, मतदाता भन्छन ः बिकासको नेतृत्वकर्ता तपाईनै हो, भोट पनि दिन्छौ

वैखरी अनलाइन
कपिलवस्तु जिल्लामा यतीबेला उम्मेद्धवारहरु मतदाताको घरदैलोमा पुगी रहेका छन । आसन्न स्थानिय तहको निर्वाचन नजिकिएसगैँ नेपाली कांग्रेस बुद्धभुमीका मेयर केशव कुमार श्रेष्ठपनि यतिबेला घरदैलोमा ब्यस्त रहेका छन ।

नगरभित्रका १० वटा वडाहरुका मतदाताको घरघरमा पुगी श्रेष्ठले नेपाली कांग्रेसलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह गरेका छन । उता मतदाताले भने बुद्धभुमीको बिकासका लागी अझै एक कार्यकाल श्रेष्ठलाई मत दिने बचन दिएका छन ।

मेयरका उम्मेदवार श्रेष्ठलाई चिल्ला कुरा गर्न नआउने, जे हो सत्य बोल्ने, हुन सक्ने काम र हुन सम्भव भए आफै खटीएर काम गर्ने स्वभाव भएकाले अझै १ कार्यकाल श्रेष्ठलाई मत दिने बुद्धभुमी वडा नः ८ का मतदाता शंकर तिवारीले बताए ।

 

मेयर श्रेष्ठको कार्यकालमा कपिलवस्तुका १० पालिकामामध्य सबैभन्दा बढि बिकास र प्रभावकारी रुपमा सुशासन क्षेत्रमा काम गरेकाले उनी लुम्बिनि प्रदेशमै लोकप्रिय मेयरका रुपमा परिचित छन ।

सम्बन्धित् समाचार