गृहपृष्ठ Featured १९ औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित

१९ औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित

प्रकाशित मिति:

काठमाडौं : १९ औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ । चीनको होङझोउ सहरमा सेप्टेम्बरका लागि निर्धारण गरिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको हो ।

ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार सूचना जारी गर्दै सेप्टेम्बर १० देखि २५ सम्म चीनको होङझोउ सहरमा आयोजना हुने १९ औं एसियाली खेलकुद स्थगित भएको जनाएको छ।

खेलकुद स्थगितको कारण नखुलाइए पनि हाल चीनमा कोरोना संक्रमण बढिरहेको छ। यसै कारण पनि एसियाली खेलकुद स्थगित भएको हुनसक्ने आंकलन गरिएको छ।

सम्बन्धित् समाचार