गृहपृष्ठ Featured थपिए १५ कोरोना संक्रमित, १७ जना निको

थपिए १५ कोरोना संक्रमित, १७ जना निको

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ४५० जनाको पिसिआर र १ हजार ३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, १७ जना कोरोना मुक्त भएका छन्।

अहिले देशभर २१५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

सम्बन्धित् समाचार