गृहपृष्ठ Featured बाणगंगाको मुटु चार नम्बर क्षेत्रको मुहार फेर्छु : वडाध्याक्षका उम्मेदवार रेस्मी

बाणगंगाको मुटु चार नम्बर क्षेत्रको मुहार फेर्छु : वडाध्याक्षका उम्मेदवार रेस्मी

कपिलवस्तु : युवावर्ग मात्र हैन ज्येष्ठ नागरिकहरुका माँझ लोकप्रिय छबि रेश्मी मगर वडाध्यक्ष भई वडाको मुहार फेर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिनुभएको छ । नेकपा एमालेको तर्फबाट कपिलवस्तुको बाणगंगा नगरपालिकाको सुन्दरनगरी वडा नं। ४ का वडाध्यक्ष पदका उम्मेद्वार रेश्मी युवावर्गहरुको सर्वाधिक रोजाईमा परि लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिएसंगै वडाको समृद्धिका लागि वडाध्यक्षको उम्मेद्वारी रहेको बताउदै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा ब्यस्त रेश्मी ज्येष्ठ नागरिकहरुको पनि आशिर्वाद लिदै घरघरमा पुग्नुभएको छ ।

लगातार १४ बर्ष सम्म पार्टी जिल्ला कमिटि सदस्य रहदै विभिन्न जिम्मेवारी सम्हाल्दै राजनीतिक तथा सामाजिक क्षेत्रमा होमिदै आउनुभएका रेश्मी सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । २०६२र६३ को जनआन्दोलनको युवा परिचालन समितिको संयोजक भई अप्ठ्यारो परिस्थितीको सामना गर्दै विभिन्न अनुभवहरुले बटुल्नुभएका रेश्मीलाई उम्मेद्वार बनाएकोमा मतदाताहरुले खुसी व्यक्त गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुंदा ७७ वटै जिल्ला मध्ये उत्कृष्ट अवार्ड पाउन सफल, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ पुर्व जिल्ला महासचिव, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला पुर्व वरिष्ठ उपाध्यक्ष, कपिलवस्तु जेसीजको पुर्व सचिव भई विभिन्न जिम्मेवारी सफलतापुर्वक पुरा गरेको अनुभव रेश्मीसंग छ । कपिलवस्तु उद्योग वाणिज्य संघको सदस्य, सचिव हुंदै लोकप्रिय मतका साथ बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हक हितमा प्राथमिकताका साथ लागिरहनुभएको छ ।

वडाध्यक्षमा निर्वाचित भएपछि विशेष गरी वडाको समग्र विकासमा युवाहरुलाई नेतृत्वमा ल्याउन र बाणगंगाको मुटु चार नम्बर क्षेत्रको मुहार फेर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो । ‘बाणगंगाको मुटु चार नम्बर क्षेत्रको मुहार फेर्छु, त्यो मेरो पहिलेदेखिको सोच हो । अब त्यो पुरा गर्ने समय आएको छ ।’ उहाँले भन्नुभयो ।

वडाको बाटोघाटो, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, युवालाई अवसर, महिलालाई आत्मनिर्भर बनाई भौतिक विकाससंगै समग्र सामाजिक रुपान्तरणमा आफ्नो अहम भुमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाध्यक्षका उम्मेद्वार रेश्मीले बाणगंगा नगरपालिका वडा नं। ४ का गरिव, विपन्न, महिला, वालवालिका, ज्येष्ठ नागरिक लगायत सबैलाई समावेश गरि वडाका समग्र विकासका काम अगाडि बढाउदै लैजाने र युवा स्वरोजगारलाई विशेष ध्यान दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । रेश्मीले निर्वाचनका बेला दलको चुनाव चिन्ह लिएर आएपनि वडाध्यक्षमा निर्वाचित भएपछि सम्पुर्ण वडावासीको आवश्यकता र माग अनुसार कार्यहरु सञ्चालन गर्नेमा जोड दिनुभयो ।

सम्बन्धित् समाचार