गृहपृष्ठ Featured प्रधानमन्त्री देउवा भन्छन्- ‘एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवलबासीलाई’

प्रधानमन्त्री देउवा भन्छन्- ‘एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवलबासीलाई’

प्रकाशित मिति:

बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलका वासिन्दालाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

‘ओलीले अत्यन्तै ठूलो अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो’ देउवाले भने, ‘विरोध सहन नसकेर संसद भंग गरे, संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन ।’

सम्बन्धित् समाचार