गृहपृष्ठ Featured ओलीले भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण गरे : सचेतक भुसाल

ओलीले भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण गरे : सचेतक भुसाल

प्रकाशित मिति:

सन्धिखर्क : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले ओलीले भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण गरेको आरोप लगाएकी छिन्। उनले ओलीको पालमा देशमा भ्रष्टाचार तथा महंगी बढेको बताउदैँ भ्रष्टचारी बलात्कारीलाई समेत नेकपा एमालेले संरक्षण गरेको बताइन्।

नेपाली कांग्रेस छत्रदेव गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत छत्रदेव गाउँपालिका-६ ठूलापोखराको चौवामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले ओली नेतृत्वको नेकपा एमालेले संविधानलाई कुल्चिएपछि लोकतन्त्रवादी दलहरुले संयुक्त गठबन्धन गर्नुपरेको बताएकी हुन्।

उनले देशमा दिगो शान्ति स्थापना गर्न र गाउँगाउँमा विकासका मुल फुटाउनका लागि नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताइन्। स्थानीय तहको निर्वाचनमा मात्र परिवर्तनकारी दलहरुको गठबन्धन नभएर आगामी प्रदेश र संघको निर्वाचनमा पनि अहिलेको गठबन्धन कायम रहने बताइन्। सिंगो छत्रदेव गाउँपालिका र डुलापोखराका विकासका कामहरु कांग्रेसले गरेको भएपनि एमालेहरुले भ्रम छरेको बताइन्।

सम्बन्धित् समाचार