गृहपृष्ठ Featured बुद्धभुमी ३ मा कांग्रेस एक ढिक्का, चुनाव जित्ने निश्चित रहेको पाण्डेको भनाई

बुद्धभुमी ३ मा कांग्रेस एक ढिक्का, चुनाव जित्ने निश्चित रहेको पाण्डेको भनाई

वैखरी अनलाइन
आसन्न यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा यतीबेला सबै राजनितिक दलहरु चुनावी मैदानमा होमीएका छन । आफनो पक्षकोे उम्मेदवार जिताउन नेता तथा कार्यकर्ता घरदैलोमा ब्यस्त रहेका छन ।

बुद्धभुमी नगरपालिका वडा नः ३ मा नेपाली कांग्रेस पनि यतीबेला घरदैलोमा ब्यस्त छ । कांग्रेसभित्रका सबै गुटका नेता तथा कार्यकर्ता नारायण पाण्डेलाई जिताउन लागेपछि वडा नः ३ मा कांग्रेसका उम्मेदवार बलियो देखिएका छन । आफुहरुले ५ सय बढि मत अन्तरले चुनाव जित्ने निश्चित रहेको कांग्रेसका वडाध्यक्षका उम्मेदवार पाण्डेले वैखरी अनलाइनलाई बताए ।

उम्मेदवार पाण्डेले आफु बिजयी भएपछि शिक्षा, स्वास्थ्य, युवालाई रोजगारी, सडक बिस्तारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन । वडाध्यक्षमा पाण्डेसगैँ वडासदस्यहरुमा ओम प्रसाद खनाल, राज कुमार थारु(जगत), कमला बिक र यमुना चौधरीलाई कांग्रेसले चुनावी मैदानमा उतारेको हो ।

सम्बन्धित् समाचार