सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.५ का वडाध्यक्ष पदका उम्मेदवार रोम बहादुर थापाले कुरा नभई काम गरेर देखाउने जिकीर गर्नुभएको छ । विगतको ५ बर्षमा कुरा मात्र भएको बताउँदै थापाले आफुले काम गरेर देखाउने जिकीर गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘विगतको ५ बर्षमा कुरा मात्र भयो । काम भने पटक्कै भएन् । नेतृत्वको असक्षमता प्रस्ट देखियो, अब भने त्यस्तो हुन्न् । म कुरा होईन् काम गरेर देखाउँछु ।’
वडावासीको चाहाना र आवश्यकताका आधारमा विकास हुनुपर्ने बताउँदै उहाँले आफु वडामा विकास एवम् समृद्धिको यात्रा तयार गर्न सक्षम रहेको दाबी गर्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा वडावासीका आवश्यकता तथा मागलाई सम्बोधन गर्न ब्यस्त हुनुभएका थापाले यस अघिका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुले नगरेका र अधुरा काम गर्ने बताउनुभयो । उहाँले मतदाताहरुसंग भोटकोे सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
थापा वृद्धदेखि युवावर्गहरुको माँझमा लोकप्रिय व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।








