गृहपृष्ठ Featured बाणगंगा ७ मा कुमार खडकाको चर्चा, मतदाता भन्छन यसपालीको भोट युवालाई

बाणगंगा ७ मा कुमार खडकाको चर्चा, मतदाता भन्छन यसपालीको भोट युवालाई

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा यतीबेला चुनावी माहोल तातेको छ । जसमध्य वडा नः ७ को चुनावी माहोल फरक देख्न सकिन्छ । कांग्रेसले युवा नेता कुमार खडकालाई टिकट दिएपछि चुनावी माहोल रोचक बनेको छ ।

खडका पहिले देखिनै युवाहरु माझ लोकप्रिय छन । वडा नः ७ मा नेकपा एमालेलाई लालकिल्ला बनाएका नेत्र गिरि स्वतन्त्र उम्मेदवार बनेपछि कांग्रेसले जित्ने सम्भावना देखिएको स्थानिय बताउछन । यद्यपि नेत्र गिरि स्वतन्त्र उठेपछि गठबन्धनका दलको सहयोग पाएपछि उनले जित्ने आकंलन स्थानियको छ ।

घरदैलोमा क्रममा कांग्रेसका उम्मेदवार खडका युवा भएकाले अव वडाको बिकासको जिम्मा युवालाई दिनुपर्ने अधिकांश मतदाताको भनाई छ । खडकाले ६ बर्ष अगाडी नमस्ते कपिलवस्तु यातायातलाई नेपालभरनै चिनाएका थिए । जसका कारण हाल आएर ७७ जिल्लाकै यातायातमा नमस्ते नाम राखी आआफनो जिल्लाको नाम राख्ने प्रचलन बढेको हो ।

सम्बन्धित् समाचार