गृहपृष्ठ खबर म अध्यक्ष भए मायादेवीमा खर(छपरा)को घर हुदैन्ः वलीउद्दिन

म अध्यक्ष भए मायादेवीमा खर(छपरा)को घर हुदैन्ः वलीउद्दिन

प्रकाशित मिति:

मायादेवी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी वलीउद्दिन मुसनमानले आफुले पालिकालाई छपारा मुक्त बनाउने बताएका छन् । उनले आफु अध्यक्ष निर्बाचित भए लग्त्तै पालिका एंव बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु संग सहकार्य गरेर पालिकालाई छपरा मुक्त बनाउने बताएका छन् ।

मुसनमालने सके सम्म पक्की नभए टिनको, स्वच्छ र सफा घरको व्यवस्थापन आफ्नो प्रमुख प्राथामिकता रहेको बताए । पालिका भित्र गरिबिको रेखा मुनी रहेका सबै नागकिरहरुको जिवन स्तर उकास्नको लागि बिशेष कार्यक्रम संचालन गर्ने बताए । उनले भने पालिको एकल बजेटले मात्र सबै काम सम्भव नहुने हुंदा सबै क्षेत्र संग सहकार्य गरेर पालिकाको विकासको लागि कार्य गर्ने बताए ।

आफ्ुले विगतमा पालिका संग सहकार्य गरेर बिभिन्न दातृ निकायहरुबाट बजेट ल्याएर काम गर्न खोज्दा पालिका अध्यक्ष बजरंगी प्रसाद चौधरीले रोक लगाएको बताए । चौधरी पालिकाको जनताको लागि बजेट ल्याएर काम गछौ भन्दा पनि नदिएको हुंदा आफु र सरस्वती यादवको सम्पुर्ण प्यालनलाई बिजयी गराउन अपिल गरेका छन् ।

सम्बन्धित् समाचार