गृहपृष्ठ Featured कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन थापाको आग्रह

कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन थापाको आग्रह

प्रकाशित मिति:

वैखरी अनलाईन : नेपाल तरुण दल कपिलवस्तु क्षेत्र नं. १ का सभापति तिलक थापाले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । वैखरी अनलाईन मिडियासंग कुराकानी गर्दै थापाले कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।

पार्टीका आकांक्षी उम्मेदवारकाबिचको लडाई टिकट नपाउँदा सम्मका लागी मात्र भएको बताउदै थापाले टिकट बितरणपछि जसले टिकट पाउँछ, उसैलाई जिताउनु पर्ने धर्म हुने भएकाले सबैले सहयोग गर्न उनले तरुणहरु एवम् नेता तथा कार्यकर्तामा आग्रह गरेका छन् । साथै गठबन्धन भएको ठाउमा गठबन्धनकै आधिकारिक उम्मेदवार जिताउनु पर्ने उनको भनाई छ ।

लुम्बिनी प्रदेशमा गत स्थानिय तहको चुनावमा भन्दा बढि नगरपालिका र २ सय बढि वडाहरु कांग्रेस तथा गठबन्धनको उम्मेदवारले जित्ने उनले विश्वास समेत गरेका छन् । थापाले हरेक बुथमा तरुणहरु परिचालन भई शान्तिपुर्ण वातावरणमा चुनाव सम्पन्न गर्न समेत अपिल समेत गरेका छन् । उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसको रक्षाका निम्ति पार्टीका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

सम्बन्धित् समाचार