कपिलवस्तु : स्थानीय तहको निर्वाचनका लागी कपिलवस्तुसहित देशभर सम्पूर्ण तयारी पूरा भएको छ । कपिलवस्तुमा रहेका २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्रहरु मतदानको लागी तयार रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । मतदान केन्द्रहरुको बाँस गाडेर, रस्सीको सहयताले मतदान केन्द्रहरु तयार गरिएको छ ।
यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाईन लाग्ने गरि ब्यवस्था मिलाईएको छ भने अपाङ्ग, अशक्त तथा जेष्ठ नागरिकलाई लाईन लाग्न नपर्ने गरि छुट्टै ब्यवस्था गरिएको छ । निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको निर्वाचनका लागि भोली बिहान ७ बजे देखी नै मतदान सुरु गर्ने गरि तयारी थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
आगामी बैशाख ३० गते नेपालमा ६ महानगर पालिका, ११ उपमहानगर पालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० वटा गाउँपालिकामा एक साथ मतदान हुँदैछ ।








