गृहपृष्ठ Featured मुस्ताङको लोमान्थाङमा अध्यक्ष–उपाध्यक्षमा एमाले विजयी

मुस्ताङको लोमान्थाङमा अध्यक्ष–उपाध्यक्षमा एमाले विजयी

मुस्ताङ : पालिका चुनाव–२०७९ मा मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङ ६ सय ३२ मतका साथ विजयी हुनुभयो । कांग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित् समाचार