गृहपृष्ठ Featured ओलीको गृहनगर दमकमा एमालेको अग्रता कायमै

ओलीको गृहनगर दमकमा एमालेको अग्रता कायमै

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा मेयर एमालेका उम्मदेवारले अग्रता कायम राखेका छन्।

यहाँ एमालेविरूद्ध सत्तारढ गठबन्धनका दलले राप्रपासँग मिलेर सोही दलका राम थापालाई मेयर उम्मेदवार बनाएका छन्।

अहिलेसम्म ७ सय ६५ मत गणना भएको छ।

एमालेकी मेयर उम्मेदवार गीताकुमारी पौडेल(अधिकारी)ले ३ सय ८० मत ल्याएकी छन्।

उनलाई पच्छ्याइरहेका सत्ता गठबन्धनसहित राप्रपाका राम थापाले ३ सय ६१ मत ल्याएका छन्।

उपमेयरमा भने कांग्रेसकी रेगिना भट्टराईले ३ सय ५८ मत ल्याएकी छन् भने एमालेका अम्बिकाप्रसाद भट्टराईले ३ सय ४० मत पाएका छन्।

सम्बन्धित् समाचार