गृहपृष्ठ Featured शितगंगा- १२ को मत हराएपछि मतगणना रोकियो

शितगंगा- १२ को मत हराएपछि मतगणना रोकियो

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ( १२ को मत गणनाको क्रममा मत हराएपछि विवाद हुँदा मतगणना रोकिएको छ । गणनाको क्रममा खसेको मत संख्या भन्दा कम मत गणना भएपछि विवाद हुँदा मतगणना रोकिएको हो ।

विवादपछि सर्वदलिय बैठक बस्ने भएको छ । सर्वदलिय बैठकपछि मतगणना गन्ने निर्णय गरिने दावी गरिएको छ । मत गणनाको अन्तिम नतिजाको परिणाम अपेक्षा गरिएको बेला मत संख्या भन्दा कम मत गणना भएपछि विवाद चर्किएको थियो । मतदान केन्द्र बाहिर नेकपा एमाले र गठबन्धनका कार्यकर्ताले नारावाजी गरेका थिए ।

यहाँ मत गणना कछुवाको तालमा भएको छ । भने अर्को स्थानमा थपेर मतगणना छिटो गर्न नेकपा एमाले र गठबन्धनका कार्यकर्ताले माग गरिरहेका छन् ।

सम्बन्धित् समाचार