काठमाण्डौ : काठमाण्डौ महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ ६ सय २२ मतका साथ निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५ सय ९८ मत ल्याउनुभएको छ ।
लौरो चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४ सय ४१, राप्रपाका किरोजमान डंगोलले २ सय २८ र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले २६ मत पाएका छन् ।








