गृहपृष्ठ Featured कैलालीको चुरेमा सत्ता गठबन्धनलाई हराएर एमालेका बोगटीले जिते अध्यक्ष

कैलालीको चुरेमा सत्ता गठबन्धनलाई हराएर एमालेका बोगटीले जिते अध्यक्ष

प्रकाशित मिति:

धनगढी : कैलालीको चुरे गाउँपालिकामा अध्यक्षमा एमालेका चक्र बहादुर बोगटी विजयी भएका छन्। गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै उनी विजयी भएका हुन्। बोगटीले ३ हजार ३०५ मत पाएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी समाजवादीका लोकबहादुर सारुमगरले ३ हजार २८१ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी धाना थापा निर्वाचित भएकी छन्। उनले ३ हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउँदले ३ हजार १२१ मत प्राप्त गरिन्।

सम्बन्धित् समाचार