पाल्पा : माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यमबहादुर चिदी विजयी भएका छन्। उनी ६ हजार १०९ मत प्राप्त गरेर विजयी भएका हुन्। चिदीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सन्तोषकुमार थापाले ५ हजार ५५४ मत पाए।
उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन्। उनले ५ हजार ८८२ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसकी विजया भट्टराईले ५ हजार ६४४ मत पाएकी छन्।
यहाँ विगतका निर्वाचनमा कांग्रेसले एकलौटी जित हासिल गर्दै आएको थियो। त्यसैले यहाँ कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।








