गृहपृष्ठ Featured वाणगंगामा ६ वटा वडाको मतगणना : एमाले ३, कांग्रेस २ र माओवादी १ वडामा विजयी

वाणगंगामा ६ वटा वडाको मतगणना : एमाले ३, कांग्रेस २ र माओवादी १ वडामा विजयी

कपिलवस्तु : ११ वटा वडा रहेको वाणगंगामा ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म ३ वटा वडामा एमाले विजयी भएको छ भने २ वटा वडामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्र विजयी भएको छ ।

वडा नम्बर १ र ११ मा नेपाली कांग्रेस विजयी भएको छ । यस्तै वडा नम्बर २,१० र ९ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन भने वडा नम्बर ३ मा संयुक्त चार दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका टेक बहादुर झेडी मगर निर्वाचित हुनुभएको छ ।

अहिले वडा नम्बर ८ र ४ को मतगणना जारी छ । वडा नम्बर ८ मा कांग्रेस र एमालेबीच कडा टक्कर छ ।

सम्बन्धित् समाचार