बुटवल । रूपन्देहीको सुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका विष्णुप्रसाद बस्याल ७ हजार २४७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किशुनचन्द चौधरीले ५ हजार ६३५ मत ल्याएका छन् । राप्रपाका पुष्पेराज थारूको २ हजार ११६ र जसपाका भरथरी यादवको एकहजार ९५४ मत छ ।








