नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा यात्रु बाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था मध्यम र अधिकांश समान्य अवस्थामा छन् । गोरखाबाट लुम्बिनि गई गोरखा फर्किन लागेको ग १ ख ५८९२ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो ।
शनिबार आज साझ ५ बजेको समयमा बर्दघाट नगरपालिका –४ स्थित पुर्वपश्चिम राजमार्गको बर्दघाट दुम्किबास खण्डको खुर्सानीखोलामा बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेहरुको चिसापानी अस्पतालमा मा समान्य उपाचार पछि थप उपचारका लागी बुटवल पठाईएको छ ।
बस मा ३५ जना यात्रु रहेका थिए । बस दुर्घटनाको कारण भने खुलेको छैन् ।








