रुपन्देही : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका सजरुद्दिन खान आठ हजार दुई सय ११ मत ल्यायी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डा। सिके राउत नेतृत्वकोे जनमत पार्टीका चन्द्रकेश गुप्ताले पाँच हजार पाँच सय ९६ मत ल्याए ।
त्यसैगरी, नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन विजयी भएकी छिन् । उनले ६ हजार नौ सय ६९ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी शवनम जहाँ शेखले चार हजार नौ सय नौ मत प्राप्त गरिन् ।
नगरपालिकमा नेकपा एमालेले पाँचवटा वडामा जित निकालेको छ भने कांग्रेसले तीन, जसपाले तीन र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० एक वडामा विजयी भएका छन् ।








