गृहपृष्ठ Featured बुद्धभुमीका मेयर श्रेष्ठले गरे पदभार ग्रहण : पहिलो निर्णय नै उदाहरणीय

बुद्धभुमीका मेयर श्रेष्ठले गरे पदभार ग्रहण : पहिलो निर्णय नै उदाहरणीय

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आज पदभार ग्रहण गरेका छन । श्रेष्ठलाई आज प्रमुख जिल्ला न्याधिशले शपथ खुलाएका थिए । साथै आजै श्रेष्ठले उप प्रमुख, वडाध्यक्ष र सदस्यलाई समेत शपथ खुलाएका छन ।

पदभार ग्रहण गर्दै श्रेष्ठले बुद्धभुमी नगरपालिकामा निशुल्क पाठेघर सम्बन्धी शिविर सञ्चार गर्ने उदारणीय निर्णय समेत गरेका छन । सो निशुल्क शिविरले नगरभित्रका सयौँ महिलाहरुलाई फाइदा पुग्ने बिश्वास लिइएको छ । प्रष्ट र निडर श्रेष्ठले ५ बर्षे कार्यकालमा अधुरा योेजनाहरु पुरा गर्ने प्रतिबद्धता समेत जनाएका छन ।

श्रेष्ठले नेकपा (एमाले)का पीताम्बर खनाललाई हराउँदै पुनः नगर प्रमुख भएका हुन् । नगर प्रमुखमा निर्वाचित श्रेष्ठ र खनालको मतान्तर ७ सय ८८ थियो ।

१० वडा रहेको बुद्धभूमिमा श्रेष्ठले १४ हजार ३ सय ८४ मत पाए भने, खनालले १३ हजार ५ सय ९६ मत ल्याएर पराजित भए ।

दुई पटकसम्म बुद्धभूमिको नगर प्रमुखमा निर्वाचित भएका श्रेष्ठले आगामी दिनमा पनि सबैको साथ र सहकार्यबाट अगाडी बढ्ने बताएका छन् । सबैको सहकार्य बिना नगरको विकास सोचेजस्तो गर्न नसकिने भन्दै श्रेष्ठले निर्वाचित जनप्रतिनिधि बीचको सामुहिक निर्णयबाट अगाडी बढ्ने बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई मुख्य जोड दिएर काम गर्ने उनले बताए । नगरका गौरवका योजनालाई सम्पन्न गर्ने लक्ष्य लिएका श्रेष्ठले पूर्वाधार विकासमा उल्लेख्नीय काम गर्ने बताए ।

सम्बन्धित् समाचार