गृहपृष्ठ Featured एएफसी यू-१७ छनोट : नेपाल समूह ‘एफ’ मा

एएफसी यू-१७ छनोट : नेपाल समूह ‘एफ’ मा

प्रकाशित मिति:

कठमाडौं : एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। नेपालको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन्।

यो समूहको छनोट खेलहरू भियतनाममा हुनेछन्। छनोट खेलहरू आगामी १ देखि २२ अक्टोबरसम्म हुनेछन्। एएफसी यू-१७ एसियन कप भने २०२३ मा हुनेछ। बहराइनमा हुने प्रतियोगितामा १६ टिमले भाग लिनेछन्। बहराइन स्वतस् छनोट भएको छ।

बाँकी १५ टिम छनोट प्रतियोगिताबाट छानिनेछन्। छनोटबाट समूहका शीर्ष दश टिम र पाँच उत्कृष्ट टिम यू-१७ एसियन कपमा पुग्नेछन्।

सम्बन्धित् समाचार