गृहपृष्ठ Featured श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ : संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो । प्रस्तावित राजदूतद्वय राय र मिश्रविरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो ।समितिका सभापति लक्ष्मणलाल कर्णले मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत रूपमा राजदूतको नाम अनुमोदन गरेको बताए ।

सम्बन्धित् समाचार