गृहपृष्ठ Featured बुद्धभुमीमा पहिलो कार्यकालभन्दा बढि काम गरेर देखाउछौँ ः मेयर श्रेष्ठ

बुद्धभुमीमा पहिलो कार्यकालभन्दा बढि काम गरेर देखाउछौँ ः मेयर श्रेष्ठ

वैखरी अनलाइन
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले पहिलो कार्यकालभन्दा बढि काम अहिलेको कार्यकालमा हुने बताएका छन । पहिलो कार्यकालमा थालेका महत्वपुर्ण केही योजनाहरु अधुरा रहेकाले अहिलेको कार्यकालमा पुरा गर्ने श्रेष्ठले बताएका हुन ।

वैखरी मिडियासगं कुराकानी गर्दै श्रेष्ठले नगरको मुहार फेर्न र नगरलाई बिकासको मुलधारमा ल्याउन थप मेहेनतका साथ काम गरिने बताए ।

दुई पटकसम्म बुद्धभूमिको नगर प्रमुखमा निर्वाचित भएका श्रेष्ठले आगामी दिनमा पनि सबैको साथ र सहकार्यबाट अगाडी बढ्ने बताएका छन् । सबैको सहकार्य बिना नगरको विकास सोचेजस्तो गर्न नसकिने भन्दै श्रेष्ठले निर्वाचित जनप्रतिनिधि बीचको सामुहिक निर्णयबाट अगाडी बढ्ने बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई मुख्य जोड दिएर काम गर्ने उनले बताए । नगरका गौरवका योजनालाई सम्पन्न गर्ने लक्ष्य लिएका श्रेष्ठले पूर्वाधार विकासमा उल्लेख्नीय काम गर्ने बताए ।

सम्बन्धित् समाचार