गृहपृष्ठ Featured बुद्धभूमि–५ को पहिलो निर्णय : सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स

बुद्धभूमि–५ को पहिलो निर्णय : सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.५ ले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाभित्रका सम्पूर्ण सुत्केरी महिलालाई उनीहरुको सहजताको लागी वडाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको वडाध्यक्ष रोम बहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै वडाले स्वास्थ्य चौकीमा सुत्केरी हुने वडाभित्रका महिलालाई एक क्यारेट् अण्डा वितरण गर्ने निर्णय समेत गरेको छ । स्वास्थ्य मानिसको एक महत्वपूर्ण पाटो भएकाले स्वास्थ्यका क्षेत्रमा वडाले उदाहरणीय कार्य गर्दै जाने वडाध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडाध्यक्ष थापाको यस्तो निर्णयले महिलाहरु वडा आफुहरुको साथमा भएको महसुस भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

वडाध्यक्ष थापाले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौरीमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने गरिब, जेहेन्दार, मुस्लिम समुदायका ५ जना विद्यार्थीको छनोट गरि छात्रावृत्ति वितरण गर्ने घोषणा गर्नुभएको छ ।

छनोट भएका विद्यार्थीहरुलाई स्कुल व्याग, ड्रेस, कापी, कलम निशुल्क छात्रावृत्ति स्वरुप प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुभयो ।

सम्बन्धित् समाचार